दमक सहकारीको साधारणसभा

    दमक/ दमकको पुरानो सहकारी दमक सहकारी संस्थाले सोमबार आफ्नो १७ औं बार्षिक साधारणसभा सम्पन्न गरेको छ । स्थानीय पशुपति मन्दिर परिसरको सभाहलमा कार्यक्रम गर्दै संस्थाको साधारणसभा सम्पन्न भएको हो ।
साधारणसभाको अवसर पारेर संस्थामा उत्कृष्ट कारोबार गर्ने सदस्य, संस्थाका जेष्ठ सदस्य गरी १५ जनालाई सम्मान समेत गरेको सहकारी सञ्चालक समिति सदस्य चैतन्य बरालले जानकारी दिए ।
दमक नगरपालीकाका प्रमुख राम थापाको प्रमुख आतिथ्यतामा भएको साधारणसभाको उद्घाटन कार्यक्रममा सामाजिक व्यक्तित्वहरु ईन्दिरा भण्डारी, शेरबहादुर भट्टराई, देवीप्रसाद दाहाल, ईन्द्रबहादुर बुढाथोकी लागयतले सुभकामना मन्तव्य राखेका थिए । साधारणसभाको बन्द सत्रले अध्यक्ष पुण्य ढुंगानाले प्रस्तुत गरेको अध्यक्षको प्रतिवेदन र लेखा सम्योजक मोहनप्रसद मिश्रले प्रस्तुत गरेको लेखा समितिको प्रतिवेदन सुझाव सहित पारित गरेको व्यवस्थापक घनेन्द्रबहादुर भट्टराईले जानकारी दिए ।

सोमबार, ०३ असोज, २०७९, रातीको ०८:५९ बजे

सम्बन्धित खवर