अबिरल आएको बर्षा र हुरीले झापामा धानको सत्यानास ( फोटो फिचर )

बैकल्पिक खवर

बिगत केही दिनको हावा हुरि र अबिर बर्षाका कारण पुर्वी नेपालका झापा , मोरङ , सुनसरी लगायतका जिल्लाका अधिकाङ्स ठाउँमा किसानले लगाएको धान बाली सत्यानास भएको छ । मानो रोपेर मुरी भित्र्याउन ठिक्क पारेको धान अविरल परेको पानीले खेतमै डुवाएको छ । कतिपय ठाउँमा हुरीका कारण पाक्न लागेको धान खेतमा लडेर  सोतर भएको छ ।( हेर्नुस् फोटो )                              असारमा झरी बादल लाई झेल्दै रोपेको धान , थन्क्याउने बेलामा खेतमै डुवाएपछि बर्षभरी के खाने र खर्चको जोहो कसरी गर्ने भन्ने चिन्ताले किसान पिरोलिन थालेका छन । झापामा मात्रै १२ हजार हेक्टर धानवाली सखाप भएको छ ।

मङ्गलबार, ०२ कार्तिक, २०७८, बिहानको १०:५९ बजे

सम्बन्धित खवर