दमक ६ मा माओवादीको सर्वसम्मत नेतृत्व चयन, अध्यक्षमा ज्ञानु पौडेल

दमक / नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) दमक ६ को शुक्रवार सम्मेलन अधिवेशनबाट २५ सदस्य समिति चयन भएको छ । जसमा अध्यक्ष ज्ञानु पौडेल , उपाध्यक्ष मनोज अग्रवाल, सचिब दिपा लिम्बू, सह सचिब पवन मिश्र, कोषाध्यक्ष युबराज पाठक चयन भएका छन् ।

पार्टीले देशभरका वडाहरुमा यही मंसीर ४ गते निर्वाचन प्रणालीमार्फत वडा समितिको छनौट गर्ने योजना दिएको भएपनि यो वडामा सर्बसम्मत समिति चयन भएको अध्यक्ष ज्ञानु पौडेलले जानकारी दिए ।

शुक्रबार, ०३ मंसिर, २०७८, दिउँसोको ०४:०६ बजे

सम्बन्धित खवर