विश्वभर ५ लाख ३९ हजार ६६६ जनामा कोरोना संक्रमण

काठमाडौँ , ४ पुष/ विश्वभर पछिल्लो २४ घण्टामा ५ लाख ३९ हजार ६६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
ओर्ल्डोमिटरको पछिल्लो विवरणअनुसार सबैभन्दा धेरै बेलायतमा ९० हजार ४१८, अमेरिकामा ७१ हजार ४०४, फ्रान्समा ५८ हजार ५३६, जर्मनीमा ३० हजार ९५३, इटलीमा २८ हजार ६४, रुसमा २७ हजार ४३४ र पोल्याण्डमा १९ हजार ३९७ जनामा संक्रमण पुष्टि भएको हो ।
यही अवधिमा ४ लाख २० हजार ३८६ जना कोरोनामुक्त भएका छन् भने ५ हजार ५८ जना संक्र्रमितको मृत्यु भएको छ ।
कोरोनाबाट निको हुनेमा जर्मनीमा ४४ हजार ७००, बेलायतमा ४४ हजार १९५, रुसमा ३८ हजार ४१, अमेरिकामा ३१ हजार ८९७, फ्रान्समा ३१ हजार ४८६, टर्कीमा २५ हजार ५६८ र पोल्याण्डमा २६ हजार ९२ जना छन् ।
कोरोनाबाट मृत्यु हुनेका दैनिक संख्या रुसमा एक हजार ७६ जना रहेका छन् । यसैगरी अमेरिकामा ४४३, जर्मनीमा २३०, टर्की १९१, ब्राजिलमा १३७ र बेलायतमा १२५ जनाको मृत्यु भएको छ ।

आइतबार, ०४ पुष, २०७८, बिहानको ०९:०० बजे

सम्बन्धित खवर