कांग्रेसले देशभरका ६ हजार ७ सय ४३ वडाहरुमा भोलि विरोध प्रदर्शन

७ माघ, २०७७ काठमाडौं / प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद विघटनविरुद्ध भोलि प्रदर्शन गर्दैछ । उक्त विरोध प्रदर्शनमा सहभागी हुन कांग्रेस सभापति शेर बहादुर देउवाले अपिल गरेका छन् ।

कांग्रेसले देशभरका ६ हजार ७ सय ४३ वडाहरुमा भोलि विरोध प्रदर्शन गर्दैछ । बुधबार एक विज्ञप्ति जारी सभापति देउवाले प्रदर्शनमा सहभागी हुन आह्वान गरेका हुन् ।

उनले सबै तह र तप्काबाट आन्दोलनमा ऐक्यबद्धता जनाउन अपिल गरे । संसद विघटनको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक भन्दै प्रदर्शन गर्दै आएको छ ।

यसअघि पुस १३ गते १६५ निर्वाचन क्षेत्रमा, पुस २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा र माघ ३ गते ७५३ पालिकाहरुमा नेपाली कांग्रेसले विरोध प्रदर्शन गरिसकेको छ ।

बुधबार, ०७ माघ, २०७७, दिउँसोको ०४:४६ बजे

सम्बन्धित खवर