मावा नुनसरी सामुदायिक वनको १७ औं बार्षिकसाधारण सभा सम्पन्न   

बैकल्पिक खवर


मधुमल्ला/  मोरङको मिक्लाजुङ गाउँपालिकामा रहेको मावा नुनसरी सामुदायिक वन उपभोक्ता समुहको १७ बार्षिक साधरण सभा तथा ९ औं अधिवेशन सम्पन्न भएको छ । मंगलबार मावा नुनसरी सामुदायिक वन परिशरमा आम उपभोक्ताहरु माझ आर्थिक तथा प्रगति प्रतिवेदन पेश गर्दै खुल्ला सत्र साधारण सभा सम्पन्न भएको हो । कार्यक्रमा संस्थाको आर्थिक प्रतिवेदन कोषाध्यक्ष नन्दकुमार श्रेष्ठले र प्रगति प्रतिवेदन अध्यक्ष बिष्णु प्रसाद गुरागाईले पस्तुत गरेका थिए ।                                                       
साधारण सभाको खुल्ला सत्रलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि तथा मिक्लाजुङ गाउँपालिका अध्यक्ष देवी प्रसाद आचार्यले सामुदायिक वनहरुले आफ्ना कार्यक्रमहरु बिपन्न बर्ग लक्षित बनाउनु पर्ने बताए । साथै सामुदायिक वनहरुले बैकल्पिक उर्जाको क्षेत्रमा समेत कार्य गर्नु पर्ने बताए । विरुवा रोपेर हुर्काउन लामो समय लग्ने र त्यसका लागि बैकल्पिक उर्जा उपयोगी हुने आचार्यले बताए । साथै मिक्लाजुङ गाउँपालिका क्षेत्रमा रहेका सबै सामुदायिक वनहरु संग सहकार्य गर्दै कार्यक्रमहरु संचालन गर्न गाउँपालिका प्रतिबद्ध रहेको बताए ।
कार्यक्रमका बिशिष्ठ अतिथि सामुदायिक वन महाँसंघ मोरङका अध्यक्ष रामकृष्ण राईले सामुदायिक वन बिपन्न बर्गका नागरिकहरुको साहारा भएकाले गरिब तथा विपन्न वर्गका नागरिकहरुको जिबीको पार्जन लगायतका क्षेत्रमा सामुदायिक वनले काम गर्ने बताए । साथै सामुदायिक वन माहाँसंघले समुदायिक वनहरुको हकहितको क्षेत्रमा निरन्तर कार्य गर्ने बताए । साधारण सभा कार्यक्रममा सव डिभिजन कार्यालय मधुमल्ला प्रमुख कल्यान लम्साल, मिक्लाजुङ सामुदायिक वन गाउँ महाँसंघ अध्यक्ष बिष्णुकुमारी श्रेष्ठ, मिक्लाजुङका पार्टी प्रतिनिधिहरु संघिय लिम्बुवानका अध्यक्ष ओम चेम्जोङ, राप्रका सचिब नारायण भण्डारी, जनता समाजवादी पाटीका अध्यक्ष डिएगो चेम्जोङ, नेपाली कांग्रेसका सभापति सेमन्तराज दाहाल, नेकपाका सचिब दिनेश पौडेल, अध्यक्ष नरेन्द्र प्रसाद ढुङ्गेलले मन्तव्य राखेका थिए ।
यस्तै मावा नुनसरी सामुदायिक वनको ९ औं अधिवेशनबाट नेतृत्व छनौंटका लागी ७५ जनाले बुधबार नामावली दर्ता गराएका छन् । अब अधिकतम सहमतिय आधारमा ७५ जना मध्ये बाट २१ सदस्य कार्य समिति र ३ सदस्य लेखा समिति छनौट हुने निर्वाचन मंडल संयोजक मानबहादुर राईले बताए । बिहिबार उम्मेदारहरुको दावि बिरोध र अन्तिम नामावली प्रकाशनको कार्यक्रम रहेको छ ।

बुधबार, ०७ माघ, २०७७, साँझको ०५:१२ बजे

सम्बन्धित खवर