काकरभिट्टामा ग्रामिण पर्यटन महोत्सव हुने मूख्यमन्त्री शेरधन राइद्वारा उदघाटनको तयारी गरिदै

माघ २६ गतेदेखि झापाको काकरभिट्टामा छैठौं एशियन ग्रामिण पर्यटन महोत्सव हुने भएको छ । सो महोत्सबको तयारी तिब्र पारिएको छ । महोत्सवका बारेमा जानकारी दिने उद्देश्यले आज आयोजित पत्रकार सम्मेलनमा महोसत्वलाई पर्यटन प्रबद्र्धनको प्रचार प्रसारमा केन्द्रीत गर्ने गरी योजना बनाएर अगाडी बढिएको महोत्सव मुल आयोजक समितिका संयोजक अर्जुन कार्कीले बताएका छन ।

सन २०१२ देखि शुरु भएको एशियन ग्रामिण पर्यटन महोत्सव यस अघिका ५ वटा संस्करण झापाको बाहुनडाँगीमा सम्पन्न भएको भए पनि यस बर्ष सरकारले भ्रमण बर्ष घोषणा गरेकाले यसलाई पुर्वी प्रवेशद्वार काकरभिट्टामा आयोजना गर्न लागिएको संयोजक कार्कीले बजानकारी दिए ।

काकरभिट्टा बाजरका बिभिन्न स्थानमा भिन्ना भिन्नै स्टलहरु राखेर तयारी भएको महोत्सवका प्रबक्ता नवराज प्रधानले बताए । प्रबक्ता प्रधानका अनुसार यो महोत्सवलाई पर्यटन प्रबद्र्धनका लागि महाउत्सवका रुपमा आयोजना गर्न लागिएको छ । महोत्सवमा बिभिन्न जातिय परिकारहरु, भेषभुषाको प्रर्दशन, तालिम सेमिनार र झाँकीहरु प्रस्तुत हुने प्रबक्ता प्रधानले बताए । महोत्सवको अवसरका स्थानीय बिद्यार्थीहरुलाई वाल पेन्टीङ गर्न सिकाउने समेत महोत्सवका कला संयोजक छितेन शेर्पाले जनाए । देहि आर्ट काकरभिट्टाका कलाकार समेत रहेका शेर्पाका अनुसार काकरभिट्टा क्षेत्रका बिभिन्न स्थानमा पर्यटन प्रर्बद्धनका लागि पेन्टिङ गरिने बताए ।

प्रकृति र संस्कृति पर्यटनको सम्पत्ती भन्ने मुल नाराका साथ सम्पन्न हुन लागेको महोत्सवमा नेपालका होम स्टेका बारेमा समेत प्रचार प्रसार गरी होम स्टेमा आर्कषण गराउने योजना गरेको महोत्सवका उपाध्यक्ष ज्ञानेन्द्र घिमिरेले बताए । ५१ सदस्यीय महोत्सव मुल आयोजक समितिका कोषाध्यक्ष सुरेन्द्र बुढाथोकीले ५२ लाख ५० हजारको महोत्सवको बजेट प्रस्तुत गरेका थिए । सो बजेट प्रस्तुत गर्दै बुडाथोकीले संघिय सरकारबाट २० लाख, प्रदेश सरकारबाट १५ लाख र स्थानीय सरकारबाट १० तथा अन्य सहयोगीहरुबाट बाँकी रकम ब्यवस्थापन गर्ने गरी बजेट तयारी गरिएको बताए ।
पत्रकार सम्मेलनमा महोत्सवका सल्लाहाकार डिल्लीराम घिमिरेले यो महोत्सव पुर्वी नेपालका बिभिन्न पर्यटकीय क्षेत्रहरुको प्रचारका लागि सबैभन्दा उपयुक्त माध्यम हुने भएकाले पनि यसको सफलतासंग भ्रमण बर्षको सफलता समेत जोडिएको बताए ।

नेपाल सहित भारत, भुटान र बंगलादेशका प्रतिनिधिहरुको समेत सहभागिता हुने महोत्सबमा जातिय, धार्मिक र सांस्कृति पहिचान सहितका स्टलहरु रहने महोत्सवका सचिव भुपाल शिवाकोटीले बताए ।

महोत्सव सफल पार्न बिभिन्न उपसमिति समेत गठन गरिएको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले उदघाटन गर्ने महोत्सवको उदघाटन समारोहमा भारत सिक्किम राज्यका मुख्यमन्त्री पि एस गोलेको समेत उपस्थिति हुने पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।

सोमबार, ०६ माघ, २०७६, रातीको ०८:१५ बजे

सम्बन्धित खवर