चलचित्र विकास बोर्डको नेतृत्वमा हमाल र केसीको दाबी

गत मंसिरमा अध्यक्ष केशव भट्टराईको निधन भएपछि चलचित्र विकास बोर्डको अध्यक्ष पद खाली छ । भट्टराईलाई सरकारले दुई वर्षका लागि नियुक्ति गरेको थियो । नाै महिना कार्यकाल सम्हालेका भट्टराईको हृदयाघातका कारण निधन भएपछि उक्त पद खाली छ ।

रिक्त अध्यक्ष पदका लागि निर्देशक दयाराम दाहाल, अभिनेता भुवन केसी, राजेश हमाल, नवल खड्का, निर्देशक तथा कलाकार लय संग्राैला, आकाश अधिकारी र निर्देशक केपी पाठकको नाम चर्चामा छ ।दयाराम दाहाल सञ्चारमन्त्री गोकुल बाँस्कोटाका गृह जिल्लाका हुन् भने चर्चामा रहेका भुवन केसी नेकपा नेता माधव नेपालनिकट मानिन्छन् ।

त्यस्तै, अभिनेता राजेश हमालले अध्यक्ष पदका लागि आकांक्षा राखेका छन् । उच्च बौद्धिक अभिनेताको छवि बनाएका राजेश पनि प्रधानमन्त्री ओली र सञ्चारमन्त्री बाँस्कोटासँग सिधा पहुँच भएका व्यक्तिका रूपमा चिनिन्छिन् । त्यस्तै, अध्यक्ष पदका अर्का आकांक्षी आकाश अधिकारी चलचित्र निर्माता संघका अध्यक्ष हुन् । नवल खड्का, लय संग्राैला र केपी पाठक पनि राजनीतिक लविङमा जुटेका छन् ।

सोमबार, ०६ माघ, २०७६, रातीको ११:१६ बजे

सम्बन्धित खवर