प्रदेश २को मूख्यमन्त्री जितेन्द्र सोनल बन्दै , राजपा – समाजवादी गठबन्धन तोडीने संकेत

प्रदेश नम्बर २ सरकारको गठबन्धन परिवर्तन हुने भएको छ । राजपा र समाजवादी पार्टीबीच गठबन्धन रहेको प्रदेश नम्बर २ को सरकारमा अब नेकपा सहभागी हुने बुझिएको छ ।
राजपा नेपालका महामन्त्री तथा प्रदेश सांसद मनिष सुमनले प्रदेश नम्बर २ को सरकार अब नेकपा र राजपा नेपालबीचको गठबन्धनमा बन्ने विश्वास व्यक्त गरे । पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले यस्तो खुलासा गरेका हुन् । उनले प्रदेश नम्बर २ को सरकार पछिल्लो समय भ्रष्टाचारको दलदलमा फसेको र निकम्मा भएको आरोप लगाए ।
मुख्यमन्त्री लालबाबु राउतले काम नै गर्न नसकेको उनको आरोप छ । उनले अब नेकपा र राजपा नेपालबीच नयाँ गठबन्धन बन्न सक्ने खुलासा गरेका गरे । यसको लागि राजपा नेपालका अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले नयाँ गठबन्धन बनाउने गृहकार्य सुरु गरिसकेको पनि स्रोतको दाबी छ । राजपा र नेकपाको गठबन्धन बने अहिले भौतिक योजना तथा पूर्वाधार मन्त्री जितेन्द्र सोनल मुख्यमन्त्री बन्ने लगभग निश्चित् छ ।

सोमबार, ०६ माघ, २०७६, रातीको ११:३१ बजे

सम्बन्धित खवर