प्रदेशलाई हामी कब्जा गर्न दिँदैनौंः मुख्यमन्त्री राई

विराटनगर / प्रदेश १ का मुख्यमन्त्री तथा नेकपा (ओलीसमूह)का नेता शेरधन राईले कसैलाई पनि प्रदेश कब्जा गर्न नदिने बताउनु भएको छ ।
विराटनगरमा आज आयोजित जनसभामा बोल्दै उहाँले लोकतान्त्रिक ढंगले चालेको प्रधानमन्त्रीको कदम सही रहेको बताउँदै प्रदेश तहमा आक्रमण सुरु भएको बताउनु भयो । ‘प्रदेशलाई हामी कब्जा गर्न दिँदैनौं, प्रदेशलाई हामी सुरक्षित रुपमा राख्न चाहन्छौं, प्रदेश तहमा पनि आक्रमण गर्न सुरु भएको छ, हामी त्यो आक्रमणलाई पराजित गर्नेछौं,’ उहाँले भन्नुभयो ।
आफ्नो समूह विरोधीहरुले विधि विधान हटाउने प्रयास गरेको, मुख्यमन्त्रीलाई हटाउने खेल सुरु गरेको र हारेकाहरूले मुख्यमन्त्री बन्न खोजेको दाबी पनि गर्नुभयो । मुख्यमन्त्री राईले प्रचण्ड–माधप पक्षलाई आलोचना गर्दै उनीहरुकै कारण देश अँध्यारो सुरुङमा प्रवेश गरेको बताउनु भयो । ‘खुमलटारमा गठन भएको दाहाल–नेपाल–खनाल कम्पनीले अस्थिरता र अराजकता सिर्जना गर्न खोज्यो, समृद्धिको चाहनामा तगारो हाल्ने अनि राष्ट्रपति, प्रधानमन्त्री, पार्टी अध्यक्ष, मुख्यमन्त्रीहरुलाई अपदस्त गरेर देश कब्जा गर्न खोज्यो,’ उहाँले भन्नुभयो, ‘यो कित्ताले मुलुकलाई अँध्यारो सुरुङ तर्फ लगेको छ ।’

शनिबार, ०८ फागुन, २०७७, दिउँसोको ०२:३७ बजे

सम्बन्धित खवर