मोरङ/   मोरङको मिक्लाजुङमा नयाँ वर्ष २०७९ को अवसरमा आयोजना गरिने कार्यक्रममा सांगीतिक कार्यक्रममा गायिका रचना रिमालको प्रस्तुति हुने भएको छ ।
चरम लागुऔषध दुर्वेसनीमा उन्मुख रहेका युवालाई सचेत गराउने उद्देश्यले मिक्लाजुङ युवा समुहको आयोजनामा आउँदो चैत्र३ ० गते बुधबार सिंहदेवी आधारभूत बिद्यालयको प्राङ्गणमा कार्यक्रम गरिने भएको हो।
मिक्लाजुङ-५स्थित सिंहदेवी आधारभूत विद्यालयको प्राङ्गणमा हुने कार्यक्रमको संयोजन मिक्लाजुङ युवा समुह मिक्लाजुङ्ग ४, ५ र ६ नम्बर वडाले गर्ने कार्यक्रम आयोजक समितिका संयोजक लङ्सिङ श्रेष्ठले जानकारी दिए ।
“लागु औषध विरुद्ध युवाहरुको अभियान“ भन्ने मूल नाराका साथ मिक्लाजुङ साँगितिक कार्यक्रम ०७९ आयोजना गर्न लागिएको श्रेष्ठले जानकारी दिएका छन् ।
लोकप्रिय गायिका रचना रिमालका साथै गायक नन्दु गुरुङ्ग,डान्सर रिया लामा,भुपु ब्यान्ड जाँते,स्थानीय गायक मिलन देवान, मिलन ढकाल लगायतका राष्ट्रिय तथा स्थानीय कलाकारहरुको वेजोड प्रस्तुति रहने श्रेष्ठले बताएका छन् ।

Facebook Comments Box