हालसम्म नेपालमा कोरोना भेटिएको छैन :निर्देशक झा

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले अहिले सम्म नेपालमा कोरोनाको संक्रमण नभएको जनाएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा । रुना झा ले अहिले सम्मको परीक्षणमा कोरोनाको संक्रमण फेला नापरेको बताइन् ।
अहिले सम्म कोरोना भाइरस भेटिएको छैन्, धेरै आत्तिनु भन्दा सावधानी अपनाउनु उपयुक्त हुन्छ निर्देश झा ले भनिन् । उनले कोरोना संक्रमण बाट जोगिन सावधानी अपनाउन आग्रह गर्दै धेरै नआत्तिन आग्रह गरेकी छन । सञ्चारकर्मीहरु सँगको कुराकानिमा डा झा ले हाम्रोमा देखा नपरेको कोरोनाको बारेमा धेरै चिन्ता नगर्न सल्लाह दिदै नजिक आफ्नो वरपर त्यस्तो संकास्पद बिरामी फेलापरेमा नजिकको स्वास्थ्यचौकी वा अस्पतालमा जानकारी गराउन आग्रह गरिन ।

शुक्रबार, ०७ चैत, २०७६, दिउँसोको ०३:४१ बजे

सम्बन्धित खवर