गठबन्धनले भागबण्डालाई आज सार्वजनीक गर्ने

काठमाडौं, बैशाख ७ /  गठबन्धनले भागबण्डालाई आज सार्वजनीक गर्ने भएको छ । भागबण्डालाई अन्तिम रुप दिँदै सार्वजनिक गर्ने भएको छ ।

महानगर र उपमहानगरको भागबण्डालाई अन्तिम रूप दिन सत्तारुढ गठबन्धनको बैठक बुधबार बिहान पुनः बस्ने भएको छ । मंगलबार रातिदेखि बिहान साढे २ बजेसम्म गठबन्धनका शीर्ष नेताहरू सहमतिका लागि छलफलमा जुटे पनि अन्तिम निष्कर्षमा पुग्न सकेनन् । सहमति हुन नसकेपछि बिहान ११ बजे फेरि जुट्ने गरी बैठक सकिएको थियो ।

बैठकमा सहभागी नेताहरूले बैठक निष्कर्ष नजिक पुगेको बताएका छन् । सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले छलफल सकारात्मक रूपले अगाडि बढेको र निष्कर्ष नजिक पुगेको बताए ।

नेकपा एकीकृत समाजवादीका नेता विजय पौडेलले पनि महानगरको भागबण्डामा सैद्धान्तिक सहमति जुटिसकेको र उपमहानगरको भागबण्डालाई अन्तिम रूप दिन बाँकी रहेको बताए । उनका अनुसार ६ महानगरमध्ये काँग्रेसले ३ र बाँकी दलले एक एकवटा महानगर लिने गरी सैद्धान्तिक सहमति भएको छ । आजको बैठकबाट यसलाई अन्तिम रूप दिइने नेताहरूले बताएका छन् ।

बुधबार, ०७ बैशाख, २०७९, बिहानको ०८:०९ बजे

सम्बन्धित खवर