अबका दुई चुनावसम्म माओवादी र समाजवादीसँग चुनावी तालमेल हुँदैन – कार्की

 दमक/   नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा प्रदेश १ का पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले आगामी बैशाख ३० मा हुने स्थानीय चुनावसहित अबका दुई चुनावसम्म एमालेले नेकपा माओवादी केन्द्र र एकिकृत समाजवादीसँग चुनावी गठबन्धन गर्न नसकिने बताएका छन् ।
बुधवार दमकमा पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै नेता कार्कीले कुनै पनि बहानामा घोषित निर्वाचन पछि सार्न खोजे त्यो संविधान प्रतिकुल हुने भन्दै त्यो एमालेलाई स्वीकार्य नहुने बताए ।
आवधिक निर्वाचन लोकतन्त्रको बलियो आधार भएको उल्लेख गर्दे नेता कार्कीले लोकतन्त्र र संविधान कार्यान्वयनसंगै संघीयताको अभ्यासलाई संस्थागत गर्न निष्पक्ष,स्वतन्त्र , धाँधलीरहित निर्वाचन सम्पन्न गर्न सवैको ध्येय हुनुपर्ने समेत बताए । उनले एमालेप्रति देशभर जनलहर आएको दावी समेत गरे ।

बुधबार, ०७ बैशाख, २०७९, साँझको ०५:२४ बजे

सम्बन्धित खवर