भरतपुर : एमालेकै गढमा रेनुको अग्रता झन् फराकिलो

भरतपुर/  नेकपा (एमाले) को गढको रुपमा चिनिएको भरतपुर महानगरको ११ नम्बर वडामा गठबन्धनकी उम्मेदवार रेनु दाहालले आफ्नो अग्रतालाई झन् फराकिलो बनाएकी छन् ।

शुक्रबार बिहानसम्म ५४ हजार ४२ मत गणना हुँदा रेनुले आफ्ना प्रतिस्पर्धी एमालेका विजय सुवेदीलाई ३ हजार ३१० मतले पछि पारेकी छन्।

पछिल्लो मत परिणाम अनुसार रेनुले २० हजार ४९२ मत प्राप्त गर्दा एमालेका सुवेदीले १७ हजार १८२ मत मात्रै प्राप्त गरेका छन्। अहिलेसम्म कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले ७ हजार ८८२ मत प्राप्त गरेका छन् ।

उपमेयरमा पनि गठबन्धनबाट कांग्रेस उम्मेदवार चित्रसेन अधिकारी फराकिलो मतले अगाडि छन्। उनले २२ हजार ९५२ मत प्राप्त गर्दा एमाले राप्रपा गठबन्धनबाट राप्रपाकी हिमला गुरुङले १३ हजार ६४६ मत मात्र ल्याएकी छन्।

शुक्रबार, ०६ जेठ, २०७९, बिहानको ०८:३४ बजे

सम्बन्धित खवर