बेलबारीमा एमाले मेयर र काँग्रेस उपमेयरमा विजयी

  मोरङ, जेठ ६ /   मोरङको बेलबारीमा एमालेका दिलप्रसाद राई विजयी भएका छन् । राईले १६ हजार ४ सय २२ मत ल्याएर विजयी बन्दा काँग्रेसका महेन्द्र प्रसाद सुवेदीले १५ हजार ६ सय २० मत ल्याए ।
उपमेयरमा भने काँग्रेसकी नितु थापाले १३ हजार ७ सय ३१ मत ल्याएर विजयी भएकी छिन् । एमाले तिल कुमारी गौतमले १३ हजार ६ सय ५ मत ल्याइन् ।

बेलबारीमा काँग्रेसले १४, ६, ९, १० र ११ नम्बर वडामा जित हासिल गरेको छ भने एमालेले २, ३, ५, र ७ नम्बर वडा जितेको छ । यस्तै स्वतन्त्रले ८ नम्बर वडा जितेको छ । गत चुनावमा बहुमतसहित बेलबारीमा एमाले मेयर तथा उपमेयरमा पनि विजयी भएको थियो ।

शुक्रबार, ०६ जेठ, २०७९, साँझको ०५:४७ बजे

सम्बन्धित खवर