जसपाको संसदीय दलको बिधान पारित : दलको नेता चयन गर्ने बाटो खुल्यो

बैकल्पिक खवर

जनता समाजवादी पार्टी (जसपा)ले संसदीय दलको बैठकले संसदीय दलको विधानलाई पारित गरेको छ । जसपाले मस्यौदा गरेर लामो समयदेखि अड्किएको बिधान पारित गरेको हो । यो संगै अब जसपामा संसदिय दलको नेता चयन गर्ने बाटो खुलेको छ ।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा आज दिउँसो बसेको पार्टीको संसदिय दलको बैठकले सो बिधान पारित गरेको जनाइएको छ । पार्टीका संघीय परिषद अध्यक्ष डा। बाबुराम भट्टराई र केन्द्रिय समिती अध्यक्ष उपेन्द्र यादवसहित २२ जना साम्सदहरुको सहभागीता रहेको सो बैठकले केही परिमार्जन सहित दलको बिधान पारित गरेको अध्यक्ष उपेन्द्र यादवका प्रेस संयोजक महेश चौरासियाले बताए ।                                                       

चौरासियाका अनुसार दलको अर्को बैठकले संसदीय दलको नेता चयन गर्नुका साथै सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम टुंग्याउनेछ । आजको बैठक जसपाका केन्द्रिय कार्यकारिणी समिती सदस्य तथा जेष्ठ साम्सद महेन्द्र राय यादवको अध्यक्षतामा सम्पन्न भएको थियो ।

यसअघि महन्थ ठाकुर पक्षले पार्टी संसदिय दलको बिधान नै पारित नभएको अबस्थामा राजेन्द्र महतोलाई संसदीय दलको नेता चयन गरेको दाबी गरेको थियो । संसदिय दलमा आफू बहुमतमा रहेको दाबी गर्दै आएको ठाकुर समुहलाई पछिल्लो समयमा ६ जना सांसदले छोडिदिएका छन । अहिले ठाकुर समूह मौन बस्दै आएको छ ।

मङ्गलबार, ०५ साउन, २०७८, दिउँसोको ०३:०९ बजे

सम्बन्धित खवर