मोरङको जंगलमा महिलाको शव भेटियो

 ३ साउन, विराटनगर / मोरङको बेलबारी नगरपालिका– १० मा पर्ने सिर्जना सामुदायिक वनभित्र महिलाको शव फेला परेको छ । मंगलबार दिउँसो निगुरो टिप्न गएका महिलाले अधवैशे महिलाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी राजन कार्कीका अनुसार शवको पहिचान खुलेको छैन । शव पोस्टमार्टमका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ ।

निलो–सेतो रङ्गको बुट्टे कुर्ता र रातो–कालो धर्का भएको सलवार लगाएको महिलाको शव भेटिएको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

बुधबार, ०४ साउन, २०७९, बिहानको ०८:१७ बजे

सम्बन्धित खवर