झापामा अनलाईन मतदाता नामावली

 झापा, ४ साउन / निर्वाचन आयोगले काठमाडौं उपत्यकाबाट सुरु गरेको अनलाइन मतदाता नामावली फारम भर्ने व्यवस्था झापासहित पाँच जिल्लामा विस्तार गरेको छ ।

आयोगले नमुनाका रूपमा सुरु गरेको सो कार्य काठमाडौं, ललितपुर र भक्तपुरका अतिरिक्त झापा, मोरङ, काभ्रेपलाञ्चोक, चितवन र कास्की गरी थप पाँच जिल्ला निर्वाचन कार्यालयबाट समेत भर्न सक्ने व्यवस्था गरिएको आयोगका प्रवक्त शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

अनलाइनबाट फाराम भर्नेको हकमा अनलाइन फाराम छनोट गरेको जिल्लाको जिल्ला निर्वाचन कार्यालयमा सम्पर्क समयमा औँठाको छाप र फोटो लिने व्यवस्था मिलाइएको छ ।

बुधबार, ०४ साउन, २०७९, बिहानको ०८:४२ बजे

सम्बन्धित खवर