झापामा आगलागी हुँदा ६ घर जले

 झापा /  झापा गाउँपालिका–५ सिमलडाँगीमा विधुत् सर्ट भई आगलागी हुँदा ६ घर जलेर नष्ट भएका छन् ।
स्थानीय अब्दुल करिब अली, अब्दुल जुलास अली, अमुल अली, अनावर अली, स्माइल अली र सामेद अलीको घर पूर्णरूपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
अब्दुल करिब अलीको घरमा विद्युत् सर्ट भई आगलागी भएपछि अन्य छिमेकीको घरसमेत आगो सल्केको हो ।
आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । टिनको छाना भएको घरमा लागेको आगो स्थानीयवासी, नेपाल प्रहरी सशस्त्र प्रहरीले निभाएका थिए ।

बुधबार, ०४ साउन, २०७९, साँझको ०६:२६ बजे

सम्बन्धित खवर