प्रतिनिधिसभामा आज बजेट निर्णयार्थ प्रस्तुत गर्ने तयारी

४ आश्विन, काठमाडौँ /  प्रतिनिधिसभाको बैठक आज बस्दैछ । संघीय संसद भवन नयाँ बानेश्वरमा विहान ११ बजे बैठक बस्नेछ । बैठकका लागि संसद सचिवालयले हिजो नै कार्यसूची सार्वजनिक गरिसकेको छ।

आजको सम्भावित कार्यसूचीमा अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयक पारित गरियोस् भन्ने प्रस्ताव राख्ने उल्लेख छ । तर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदमा अवरोध जारी राख्दै आएकाले बैठक अघि वढ्ने सम्भावना कम छ ।

सत्तारुढ गठबन्धनका दलहरुले भने आज बजेट निर्णयार्थ प्रस्तुत गर्ने तयारी रहेकाले सबै सांसदलाई उपस्थित हुन ह्वीप जारी गरेका छन् ।

प्रतिनिधिसभाको बैठक यसअघि भदौ २९ मा बैठक बसेको थियो ।

सोमबार, ०४ असोज, २०७८, बिहानको ०७:५५ बजे

सम्बन्धित खवर