प्याव्सन उर्लाबारीको अध्यक्षमा पोख्रेल, सचिवमा न्यौपाने

उर्लाबारी, ४ असोज /  निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याव्सन) उर्लाबारी नगर समितिको अध्यक्षमा दिनेश पोख्रेल चयन हुनुभएको छ । सम्पन्न प्याव्सन नगर समितिको दोस्रो चुनावी साधारणसभाबाट झारसाँदी बोर्डिङ स्कुलका प्रिन्सिपल पोख्रेल अध्यक्षमा सर्वसम्मत चयन हुनुभएको हो ।
साधारणसभाले आगामी कार्यकालका लागि सचिवमा ओभल एकाडेमीका कुवेर न्यौपाने र कोषाध्यक्षमा पशुपति आमाविका आनन्द कार्कीलाई चयन गरेको छ । यस्तै, सदस्यहरुमा न्यू भिजन एकाडेमीका कमलराज गौतम, नेबुला बोर्डिङ स्कुलका गौरव राई, मोरङ मोडल आमाविका यादप भण्डारी र कुडोस विद्या सदनका सूर्य पौडेल रहनुभएको छ ।
प्याव्सनका केन्द्रीय सदस्य लेखनाथ भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न साधारणसभामा निवर्तमान अध्यक्ष सुरेन्द्र सुवेदीले प्रगति प्रतिवेदन र कोषाध्यक्ष मोहन बुढाथोकीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । साधारणसभाको अवसरमा प्याव्सन उर्लाबारीले लामो समयदेखि शिक्षा क्षेत्रमा योगदान पु¥याउँदै आउनुभएका हिमालय बालसंसार बोर्डिङ स्कुल उर्लाबारी–३ का प्रिन्सिपल रुद्रबहादुर खड्कालाई सम्मान गरेको थियो । खड्कालाई प्रमुख अतिथि भट्टराई र अध्यक्ष सुवेदीले नगद पाँच हजारसहित दोसल्ला र सम्मान पत्रले सम्मान गर्नुभयो ।
कार्यक्रममा प्रमुख अतिथि लेखनाथ भट्टराई, प्याव्सन प्रदेश १ का सहसचिव केदार खनाल, प्याव्सन पथरी शनिश्चरे नगर समितिका अध्यक्ष सुरेन्द्र लिम्बू, कोप्याव्सका अध्यक्ष टिकाप्रसाद दंगाल, सुन्दरफूल साकोसका अध्यक्ष उपेन्द्र कँडेल, प्याव्सन उर्लाबारीका सल्लाहकार तथा नगर शिक्षा समिति सदस्य विजयकुमार कार्की, सम्मानित व्यक्तित्व रुद्रबहादुर खड्काले शुभकामना मन्तव्य राख्नुभएको थियो । निवर्तमान अध्यक्ष सुरेन्द्र सुवेदीको सभापतित्वमा भएको कार्यक्रममा कार्यसमिति सदस्य कमलराज गौतमले स्वागत मन्तव्य राख्नुभएको थियो ।

सोमबार, ०४ असोज, २०७८, बिहानको ०८:३९ बजे

सम्बन्धित खवर