१५ वर्षीया बालिका बलात्कृत

  तेह्रथुम/  तेह्रथुममा एक जना १५ वर्षीया बालिका बलात्कृत भएकी छन् ।

ती बालिकालाई बलात्कार गरेको अभियोगमा लालिगुराँस नगरपालिका-१ केबुक बस्ने २७ वर्षीय राजन लिम्बुलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । ती बालिकालाई राजनले सोही गाउँपालिका-२ बसन्तपुरस्थित होटलमा लगी- भदौ ३१ गते बलात्कार गरको प्रहरीले जनाएको छ ।

उक्त खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बसन्तपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

मङ्गलबार, ०४ असोज, २०७९, बिहानको ०७:५६ बजे

सम्बन्धित खवर