नेसपा निकट महिलाको प्रदेश समिती पुनर्गठन : मुख्य सचिबको जिम्मेवारी प्रतिमा माखिमलाई 

नेपाल समाजवादी महिला संघ १ नम्बर प्रदेश पुनर्गठन कार्यक्रम तारा दवाडीको अध्यक्षतामा ५१ सदस्यीय कामिटि गठन भएको छ।                                                                                                                      संघको पदाधिकारीमा उपाध्यक्षहरूमा विमला नेपाल, गौरी थलङ लिम्बु, सूचीया उरव यस्तै मुख्य सचिवमा प्रतिमा माखिम र कोषाध्यक्षमा सर्मिला राईलाई चयन गरिएको छ।  नेपाल समाजवादी पार्टी उपाध्यक्ष तथा महिला इन्चार्ज हिशिला यमी भट्टराईको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा सुनसरी जिल्ला तथा इटहरीको महिला नगर कमिटि पनि कार्यक्रममा घोषणा गरिएको थियो।                                                                                    यसैगरी कल्पना बाँस्तोलाको अध्यक्षतामा समाजवादी महिला संघ सुनसरी जिल्लामा २५ सदस्यीय कमिटि गठन भएको छ । त्यस्तै इटहरी नगर कमिटिमा गौरी राईको अध्यक्षतामा २१ सदस्यीय महिला कमिटि चयन गरिएको छ। मोरङ जिल्ला महिला कमिटिमा सूचिया उरावको अध्यक्षतामा ३१ सदस्यीय कमिटि गठन भएको छ।                                                            समाजवादी महिला संघकी मुख्य सचीव मन्जु थापा मगरले गठित पुनर्गठित कमिटिको घोषणा गेरेकी थिइन।उनले नव गठित कमिटिलाई बधाई तथा शुभकामना दिएकी छन्।यसैगरी केन्द्रीय कार्यकारणी सदस्य सृजना रिजालले नव गठित पदाधिकारी तथा सदस्यहरूलाई सपत ग्रहण गराएकी छन् कार्यक्रममा १ नम्बर प्रदेशका पार्टी अध्यक्ष भरत दाहालले महिला हक अधिकारलाई सुनिश्चित गर्न महिला स्वय राजनीतिमा सहभागिता हुनु पर्ने बताएका छन् । केन्द्रीय सदस्य तथा प्रदेश उपाध्यक्ष नन्द यम्फुले महिला कमिटीहरूलाई शुभकामना दिएका थिए। नव गठित प्रदेश समाजवादी महिला संघकी अध्यक्ष तारा दवाडी, उपाध्यक्ष गौरी थलङ, सुनसरी जिल्ला अध्यक्ष कल्पना बाँस्तोलाले मन्तव्य दिएका थिए। जनता समाजवादी पार्टी बाट पार्टी विभाजन भएपछि नेपाल समाजवादी पार्टी पुनर्गठन कार्यक्रम गरिइँदै आएको छ। समाजवादी मुहिला संघ प्रदेश पुनर्गठनको विमला नेपालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।

मङ्गलबार, ०४ असोज, २०७९, बिहानको ११:०५ बजे

सम्बन्धित खवर