चट्याङ लागेर तीन जनाको मृत्यु

काठमाडौं, असोज ४ /   देशका विभिन्न स्थानमा चट्याङ लागेर तीन जनाको मृत्यु भएको छ । धादिङको बेनिघाट रोराङ गाउँपालिका–१० जोगिमारा बस्ने ६४ वर्षीया जितमाया सुनारको आफ्नै घरमा बसिरहेको अवस्थामा चट्याङ लागेर सोमबार साँझ घटनास्थलमै मृत्यु भएको छ ।
मकवानपुरको बकैया गाउँपालिका–११ आहाल डाँडा बस्ने ५५ वर्षीय आईत सिंह भोलन आफ्नै घरमा बसिरहेको अवस्थामा चट्याङ लागेर सोमबार साँझ घटनास्थलमै मृत्यु भएको छ ।

स्याङ्जाको आँधीखोला गाउँपालिका–१ पञ्चमुल बस्ने २९ वर्षीय किसान परियारको चट्याङ लागेर मंगलबार बिहान मृत्यु भएको छ ।

मङ्गलबार, ०४ असोज, २०७९, साँझको ०५:४९ बजे

सम्बन्धित खवर