काठमाडौं / कात्तिक महिना सुरु भएसँगै पहाडी र हिमाली क्षेत्रमा चिसो बढेको छ । देशका धेरै ठाउँको अधिकतम र न्युनतम तापक्रम घटेको छ । काठमाडौं उपत्यकाको अधिकतम तापक्रम अस्ति २५ डिग्री सेल्सियस रहेकोमा हिजो बुधरबार २४ दशमलव ५ डिग्री सेल्सियसमा झरेको छ ।

गएको सोमवार अधिकतम तापक्रम २६ डिग्री सेल्सियस थियो । विहीबारको तापक्रम पनि २४ देखि २५ डिग्री सेल्सियस पुग्न सक्ने अनुमान गरिएको छ । न्यूनतम तापक्रम भने केही दिन यता १२ डिग्री सेल्सियसको हाराहारीमा छ ।

Facebook Comments Box