दमक, कात्तिक ३/   दमक वडा नम्बर ९ पूर्वेलीटोलका बासिन्दाले आज बिहान बाम लोकतान्त्रीक गठबन्धनका उम्मेदवारहरुलाई टोलमै बोलाएर आफ्नो टोलका समस्या राखेका छन् । आगामी निर्वाचनमा आफुहरुले मत दिने तर निर्वाचन जितेपछि पनि गाउँ टोलका समस्यामा आईदिन आग्रह सहित उम्मेदवारहरुलाई बोलाएको टोल बिकाश संस्थाका अध्यक्ष उमानाथ न्यौपानेले बताए ।
बिगतका उम्मेदवारहरुलाई भोट माग्न आउँदा मात्रै गाउँमा देखेको तर निर्वाचित भएपछि कहिलै नदेखिएको भन्दै अध्यक्ष न्यौपानेले गठबन्धनका प्रतिनिधिसभाका उम्मेद्वार डा. खगेन्द्र पाण्डव अधिकारी र प्रदेश ख का उम्मेदवार गगन पुरीलाई बोलाएर आफ्ना समस्या राखेको बताएका छन् ।
टोलबासीले प्रतिनिधिसभा र प्रदेशसभमानै गठबन्धनका उम्मेदवारलाई मतदान गर्ने तर आफुहरुका समस्या पनि सुनिदिनु पर्ने बताएका थिए । टोल भित्रका २८ वटा शाखा बाटोहरुको स्तर बृद्धि गर्नु पर्ने, टोलमा प्रवेसद्वार निर्माण गर्नु पर्ने लगायतका समस्याहरु राखिएको टोल बिकाश समितिका सल्लाहकार सम्योजक गणेश श्रेष्ठले बताए ।
टोलका बासिन्दाले भेट गर्न बोलाएकोले आफुहरु पुगेको प्रतिनिधिसभाका उम्मेद्वार डा. अधिकारीले बताए । अहिले निर्वाचनका बेला आफुहरुले कुनै पनि आश्वासन नबाँढ्ने तर टोलका समस्या समाधान गर्ने प्रतिबद्धता जनाए ।

Facebook Comments Box