श्रीमती हत्या गर्ने भण्डारी जेल चलान

झापा, मङ्सिर ५ /  श्रीमतीलाई हत्या गर्ने झापा गौरादहका ६४ वर्षिय भीम भण्डारीलाई जेल चलान गरिएको छ।

झापा जिल्ला अदालतको आदेशले उनलाई पुर्पक्षका लागि झापा कारागार पठाइएको हो।

उनलाई घटना भएको तीन दिनपछि प्रहरीले पक्राउ गरेको थियो।

भण्डारीकी श्रीमती मनमाया भण्डारीको गत असोज १२ मा गौरादहमा हत्या भएको थियो।

प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा भण्डारीले हथौडा प्रहार गरी श्रीमतीको हत्या गरेका थिए।

शुक्रबार, ०५ मंसिर, २०७७, बिहानको ०८:३७ बजे

सम्बन्धित खवर