ब्राउनसुगरसहित दुई जना पक्राउ

झापा , ५ मङ्सिर/  झापाबाट प्रतिबन्धित लागु पदार्थ ब्राउनसुगरसहित दुई युवा पक्राउ परेका छन्।

बिहीबार साँझ  झापाको मेचीनगर १५ हेल्दुबारीमा बिशेष सूचनाको आधारमा प्रहरी चौकी ज्यामिरगढीबाट खटिएको प्रहरी टोलीले बा ३८ प ३८८५ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा मोटरसाइकलमा सवार मेचीनगर १५ ज्यामिरगढी बस्ने २४ वर्षीय बिष्णु राजबंशी र सोही वडाको पानबस्ती बस्ने १८ वर्षीय सागर पाहानलाई ब्राउनसगुरसहित पक्राउ गरेको हो।

दुवै जनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीको लागि इलाका प्रहरी कार्यालय धुलाबारीमा राखिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राकेश थापाले बताए।

उनीहरुको साथबाट ११.०६ ग्राम ब्राउनसुगर, नगद एकासी हजार एक सय नेपाली रुपैयाँ, एक सय दश भारतीय रुपैयाँ र मोबाईल थान २ बरामद गरिएको छ।

शुक्रबार, ०५ मंसिर, २०७७, बिहानको ०८:५१ बजे

सम्बन्धित खवर