एकीकृत समाजवादी निकट युवा संघ झापाको नेतृत्वमा सुनिल थापा चयन

बैकल्पिक खवर

नेकपा (एकीकृत समाजवादी) निकट युवा संघ नेपाल जिल्ला कमिटी झापाको अध्यक्षमा सुनिल थापा चयन भएका छन् ।

झापाको बिर्तामोडमा युवा संघको झापा जिल्ला भेला र कमिटी गठन कार्यक्रममा सुनिल थापाको अध्यक्षतामा १५१ सदस्यीय युवा संघ नेपाल जिल्ला कमिटी झापाको गठन गरिएको हो ।

युवा संघ नेपाल जिल्ला कमिटी झापाको उपाध्यक्षहरुमा प्रवल भण्डारी, कृष्ण लोहार, चेतन पौडेल, सचिवमा प्रतिक राजवंशी, सहसचिवहरुमा राज लावती, दिपक खनाल, विरेन्द्र राजवंशी, मोहन गुप्ता र कोषाध्यक्षमा पार्वती राजवंशी रहेका छन् ।                                                       

युवा संघ नेपालका केन्द्रीय सदस्य तथा झापा इञ्चार्ज खगेन्द्र बारकोटीको अध्यक्षता तथा नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा युवा संघ नेपालका केन्द्रीय अध्यक्ष नरेश शाहीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा केन्द्रीय सदस्य विमला देवकोटाले स्वागत गरेकी थिइन् ।

कार्यक्रममा नेकपा एकीकृत समाजवादी पार्टीका केन्द्रीय सदस्य निलमणि बराल, झापा अध्यक्ष बेदराज रेग्मी, जिल्ला सदस्य धर्म शिवाकोटी, युवा संघ नेपालका केन्द्रीय कोषाध्यक्ष दिपक दवाडी, प्रदेश अध्यक्ष प्रत्युस रानालगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा समाजवादी प्रेस संगठनका सल्लाहकार लिला बराल, केन्द्रीय उपाध्यक्ष एबम् पार्टी जिल्ला कमिटी प्रचार विभाग प्रमुख तीर्थ सिग्देल, अनिलदेव राई, शंकर थापा, अर्जुन मेचे, राजन थापा, गोपाल एक्तेन, दमक नगरु अध्यक्ष महेश घिमिरे, शिबसताक्षी नगर सचिव शान्तिराम न्यौपाने, अखिल फोर्सका केन्द्रीय सहसंयोजक रोशन भण्डारी, संघका केन्द्रीय सदस्य तथा झापामा सहइन्चार्ज सुमन कार्की, संघका केन्द्रीय सदस्य तथा नेकपा (एकीकृत समाजवादी) झापाका सदस्य हरिकृष्ण पौडेल, मदन राई, दिपक दुलाल लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रमको सञ्चालन युवा संघ नेपालका केन्द्रीय स्थायी कमिटी सदस्य समेत रहनुभएका शिबसताक्षी–७ का वडा अध्यक्ष नवीन इजमले गरेका थिए ।

 

शनिबार, ०४ मंसिर, २०७८, साँझको ०५:२१ बजे

सम्बन्धित खवर