दमक, ४ मङ्सिर  / झापाका दुई वटा मतदास्थलमा सुतली बम पड्काएर निर्वाचन प्रभावित पार्न खोजेपछि जिल्लास्थित सबै मतदान केन्द्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ । झापा दमकस्थित हिमावि मतदान केन्द्रमा बिहान साढे १० बजे र झापा गाउँपालिकाको वडा नं। २ स्थित कुवाडीदेवी मावि मतदान स्थलमा बिहान साढे ९ बजे बम विस्फोट भएको थियो ।
दुबै ठाउँमा मतदानका लागि मतदाता लाइन लागेको नजिक विस्फोट भए पनि कुनै मानवीय तथा भौतिक क्षति नभएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
विस्फोटक पदार्थ पड्किए पनि मतदान कार्य प्रभावित नभएको प्रहरीको भनाइ छ । दुबै ठाउँमा मतदान कार्य जारी छ । मतदान स्थलहरुमा सुरक्षा व्यवस्था कडा पारिएको र निर्धक्कसाथ मतदान गर्न झापाका प्रमुख जिल्ला अधिकारी छविराज रिजालले मतदातालाई आग्रह गरे ।

Facebook Comments Box