४ मंसिर, काठमाडौं / आइतबार भएको निर्वाचनमा दिउँसो साढे ३ बजेसम्म १५ वटा मतदान केन्द्रमा मतदान स्थगित भएको छ । निर्वाचन आयोगका अनुसार चुनाव रोकिएका १५ मतदान केन्द्रमा मतदान सुरु गर्न प्रयास भइरहेको छ । अन्य केन्द्रमा भने शान्तिपूर्ण रुपमा मतदान भइरहेको आयोगले एक सूचनामार्फत जानकारी दिएको छ ।
राजनीतिक दलका प्रतिनिधिहरुबीच विवाद, मतपत्र प्रयोगमा विवाद लगायतका कारणले मतदान स्थगित भएका छन् ।
मतपेटिकादेखि करिब ३० मिटर नजिकै बम विस्फोट भएको स्थानीय प्रल्हादकुमार राजवंशीले बताउनुभयो। विस्फोटपछि घटनास्थलमा नेपाली सेनाको टोली पुगेको आधा घण्टापछि मतदान सुरू भएको थियो।

Facebook Comments Box