प्रदेश प्रहरी असफल बन्दै, शिक्षक हत्यारा फरार

मिक्लाजुङ/ प्रदेश १ प्रहरी शिक्षक हत्यारा पक्रन असफल भएको टिप्पणी स्थानीयले गर्न थालेका छन् । स्थानीयले सूचना प्रविधीको यो युगमा पनि हत्यारा पत्ता लगाउनु प्रहरी असफल हुनु निन्दनीय भएको बताएका छन् ।

मोरङको मिक्लाजुङका शिक्षक राजेन्द्र श्रेष्ठको घाँटी रेटेर हत्या गर्ने समूहको खोजीमा प्रहरी टोली परिचालन भएको एक हप्ता वितेपनि हत्याराको पहिचान गर्न सकेको छैन ।

अपराधको प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहले जिम्मेवारी लिएको छ । घटनामा संलग्नलाई नियन्त्रणमा लिने प्रहरीले दावी गरेपनि अहिलेसम्म कुनै सुराक फेला पार्न नसकेको हो ।

हत्यामा संलग्न व्यक्ति पक्राउ नपर्दा मोरङको पूर्वोत्तर विकट क्षेत्र मिक्लाजुङका बासिन्दा त्रासमा छन् । स्थानीयको मनोबल बढाउन नेपाल प्रहरी र सशस्त्र प्रहरीको अस्थायी क्याम्प स्थापना गरिएको भएपनि अवस्था सामान्य बनिसकेको छैन ।

स्थानीयले सो क्षेत्रमा स्थायी रुपमा सुरक्षाकर्मी राख्न पटक–पटक माग गर्दै आएका थिए । त्यसको सुनुवाई नभएको बेला शिक्षकको हत्या भएपछि अस्थायी क्याम्प राखिएको हो । जिल्ला सुरक्षा समितिको बैठकले त्यहाँ स्थायी बेस राख्न गृह मन्त्रालयलाई सिफारिससमेत गरेको छ ।

प्रहरी समायोजनको प्रक्रिया सुरु हुन लागेकाले तत्काल स्थायी प्रहरी कार्यालय राख्ने सहमति भने गृहले दिएको छैन । प्रदेशमा प्रहरी समायोजनपछि प्रदेशले नै नयाँ प्रहरी कार्यालय राख्नुपर्ने गृहले राय दिएको सुरक्षा स्रोतले जनाएको छ ।

मोरङका प्रहरी प्रमुख एसपी सन्तोष खड्का शिक्षा हत्यामा संलग्नको खोजी भइरहेको जानकारी दिनुभयो । प्रहरीले आक्रामक अपरेशन चलाएका कारण विप्लव समूह कमजोर बनेकोमा अहिले आफ्नो शक्ति देखाउनको लागि हत्यमा उत्रिएको सुरक्षा निकायको बुझाइ छ । जुनसुकै बहानामा पनि व्यक्ति हत्यामा उत्रिनेलाई नछाडिने बताउँदै एसपी खड्काले घटनामा संलग्न केही व्यक्तिको पहिचानसमेत भइसकेको दावी गर्नुभयो ।

सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक श्रेष्ठलाई मंसिर २३ मा बिहानै घरबाट अपरहण गरेर जंगलमा लगेर विप्लव समूहका व्यक्तिले घाँटी रेटेर हत्या गरेका थिए ।

आइतबार, ०५ पुष, २०७७, बिहानको ११:५५ बजे

सम्बन्धित खवर