आफ्नो राजनैनिक प्रतिबेदनफिर्ता लिएर सहमति गर्ने  प्रचण्डको तयारी : बालुवाटारमा ओलि – प्रचण्ड बीच छलफल हुँदै

बैकल्पिक खवर

काठमाडौं /  प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको सिफारिस गरेसँगै नेपालको राजनीतिमा नंया तरंग पैदा भएको छ।यो संगै नेकपाको विवादले नंया मोड लिएको छ । यसैबिच ओलिको पछिल्लो कदम पछि नेपाल कम्युनिस्ट पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेताहरु सङको छलफल परामर्शलाई तीव्रता दिएका छन्।

प्रचण्डले खुमलटारस्थित आफ्नो निवासमा बरिष्ठ नेताहरू माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठसँग पछिल्लो अवस्था र भाबी रणनीतिका बारेमा छलफल गरेका थिए।प्रचण्ड – नेपाल समुहले प्रधानमन्त्रीको कदमलाई जसरी पनि रोक्ने रणनीति लिएको छ । श्रोतका अनुसार प्रचण्डले स्थाइ समितीमा पेश भएको आफ्नो प्रस्ताव फिर्ता लिएर भएपनी ओलि लाई ब्याक गर्ने तयारी गरेका छन । खुमलटार छलफलमा नेताहरुले आफ्नो प्रस्ताव फिर्ता लिएर भएपनी ओलिको यो कदम लाई रोक्नु पर्ने बताएको बुझिएको छ। आफूनिकट नेताहरूसँग छलफलपछि प्रचण्ड खुमलटारबाट बाहिरिएका छन्। उनी प्रधानमन्त्री निवास बालुवाटार पुगेको स्रोतले जानकारी दियो।

प्रधानमन्त्री केपी शर्मा ओली पनि केही बेर अघि शितलनिवासमा राष्ट्रपतिसमक्ष सिफारिस पेश गरी बालुवाटार फर्किएका छन्। ओलिले आगामी बैशाखको अन्तिम साता सम्पन्न गर्ने गरि रास्ट्रपति समक्ष नंया चुनाबको मिति प्रस्ताब गरेको जनाइएको छ ।

आज दिउँसो १ बजे बालुवाटारमा नेकपा स्थायी कमिटी बैठक बोलाइएको छ। सोही बैठकका लागि प्रचण्ड बालुवाटार गएको बताइएको छ। यसअघि आइतबार बिहान पनि प्रधानमन्त्री ओलीलाई भेट्न प्रचण्ड बालुवाटार पुगेका थिए। आफू निकट नेताहरु सङको परामर्श पछि प्रचण्ड आफ्नो राजनीतिक प्रस्ताव फिर्ता लिएर ओलि सङ सहमती गर्ने मनसायले अहिले बालुवाटार पुगेको श्रोतले दाबी गरेको छ ।

आइतबार, ०५ पुष, २०७७, दिउँसोको ०२:१४ बजे

सम्बन्धित खवर