कांग्रेसको महिलातर्फ खुला केन्द्रीय सदस्यको मतगणना सुरु

काठमाडौँ, ५ पुष / नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा महिलातर्फ खुला केन्द्रीय सदस्यको मतगणना सुरु भएको छ ।
पार्टी कार्यालय सानेपामा गए राति साढे १० बजे स्थगित गरिएको मतगणना आज बिहान साढे ९ बजेदेखि पुन: सुरु गरिएको हो। पुरुषतर्फ खुला केन्द्रीय सदस्यको मतगणना सकिएलगत्तै हिजै साँझदेखि खुला महिला केन्द्रीय सदस्यको मतगणना थालिएको थियो ।
मधेसी महिला र पुरुषको चार सय मतगणना हुँदा खुला महिलातर्फ ५ सय मत गनिएको निर्वाचन समितिका सदस्य तेजबहादुर रावलले खबरहबलाई जानकारी दिए । खुला महिला केन्द्रीय सदस्यमा ९ जनाका लागि ३० जनाको प्रतिष्पर्धा छ ।
यसअघि हिजो पुरुष खुला केन्द्रीय सदस्यमा ९९ जनाबाट ३५ जना निर्वाचित भएका थिए ।

सोमबार, ०५ पुष, २०७८, बिहानको ११:४८ बजे

सम्बन्धित खवर