आगो ताप्ने क्रममा जलेर बृद्धाको मुत्यु

झापा, ५ पुस / झापाको मेचीनगरमा आगो ताप्ने क्रममा जलेर एक जना बृद्धाको मुत्यु भएको छ । मृत्यु हुनेमा मेचीनगर नगरपालिका वडा नम्बर ५ स्थित शान्ति टोल निवासी ८४ बर्षिया बिष्णुमाया दाहाल रहेकी छिन् ।
उनी गत मंसीर २८ गते साझ आफ्नै घरमा आगो ताप्ने क्रममा शरीरमा लगाएको कपडाबाट आगो सल्केर शख्क्त घाइते भएकी थिईन् । घाईते पछि वृद्धालाई उपचारको लागि भारतको सिलुगढी लगिएको थियो । उनको उपचारकै क्रममा मृत्यु भएको मेचीनगर ५ का वडाध्यक्ष योगेन थापा मगरले जानकारी दिए ।

सोमबार, ०५ पुष, २०७८, साँझको ०५:३६ बजे

सम्बन्धित खवर