सुन्दरहरैँचा स्थित धार्मिक पर्यटकीय क्षेत्र बृन्दावनमा विश्वकै ठूलो गाईको मूर्ति निमार्ण हुँदै

दमक र मोरङको सुन्दरहरैँचा नगरपालिकामा पर्ने नयाँ वृन्दावन गौशाला अहिले पर्यटकको रोजाइमा पर्न थालेको छ। पर्यटकहरुको आगमन बढेसँगै यसलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमै विकास गर्नका लागि उक्त स्थानमा विश्वकै ठूलो गाईको मूर्तिसमेत निर्माण कार्य भइरहेकाे छ।

” हामीले विश्वकै ठूलो गाईको मूर्ति निर्माण गरिरहेका छौं,” राधेश्याम सेवा ट्रस्ट नयाँ वृन्दावन गौशालाका संथापक संरक्षक दीनबन्धु शास्त्रीले भने, २०६५ सालबाट सुरु भएको नयाँ वृन्दावनले पर्यटकहरुको मन लोभ्याउन थालेको छ।” उनका अनुसार अहिले यहाँ आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन्। यहाँ ५१ फिट उचाईको गाईको मूर्ति बनाउने काम भइरहेको उनले बताए।

“विशेष गरेर अहिले भ्रमण वर्षको अवसरमा पनि मानिसहरुको चहलपहल बढ्न थालेकाे छ,”शास्त्री भन्छन्, “यो वर्ष यहाँ हजारौंको सङ्‌ख्यामा पर्यटक आउने हाम्रो अपेक्षा छ।” उनका अनुसार वृन्दावन धार्मिक पर्यटकमात्रै नभएर अन्य पर्यटकको रोजाइमा पनि पर्ने गरेको छ। यसले निकट भविष्यमा यहाँका समुदायलाई रोजगारीको अवसर सिर्जना गर्नेसमेत शास्त्रीको विश्वास छ।

मङ्गलबार, ०७ माघ, २०७६, साँझको ०६:२४ बजे

सम्बन्धित खवर