सबै युवालाई स्वरोजगार बनाउने आठराई गाउँपालिकाको घोषणा

 

तेह्रथुम / यहाँको आठराई गाउँपालिकाले पाँच वर्ष भित्रमा सबै युवाहरुलाई स्वरोजगार बनाउने लक्ष्य लिएको छ । गाउँपालिकाले ब्यवसाय गर्छु भनेर आउने युवाहरुलाई तालिम र रकम उपलब्ध गराई स्वारोजगार बनाउने घोषणा गरिएको छ ।

गाउँपालिकाले केही गर्छु भन्ने जोस र जाँगर भएका युवाहरुलाई निशुल्क तालिम र अनुदानमा रकम उपलव्ध गराउने भएको छ । जसका लागि पालिकाले २० लाख रकम विनियोजन गरेको गाउँपालिका अध्यक्ष मानबहादुर लिम्बूले बताउनुभयो ।

नेपालमा अवसर नपाएर विदेश जान वाध्य भएका युवाहरुलाई गाउँमा नै स्वोरोजगार बनाउन गाउँपालिकाले विभिन्न योजनाहरु पनि अगाडी सारेको छ । स्थानीयवासीहरुले ब्यवसायिक योजना बनाएर ब्यवसाय सुरु गरेमा पहिलो पटक २ लाख रुपैया सम्म निशुल्क प्रदान गर्ने भएको छ । सात बटा बडा रहेको गाउँपालिकामा २१ हजार ७ सय ४७ जनसंख्या रहेको छ ।

बिहिबार, ०७ चैत, २०७५, बिहानको ०९:४४ बजे

सम्बन्धित खवर