बराह ग्रुपले होम डेलिभरी सेवा सञ्चालन गर्ने

दमक/  वर्तमान अवस्थालाई मध्यनजर गर्दै धरानस्थित बराह ग्रुपले आफ्ना ग्राहकहरु लाई होम डेलिभरि सेवा उपलब्ध गराउने भएको छ । सरकारले भर्खरै जारि गरेकोे निर्देश र अहिलेको विकसित परिस्थिति लाई मध्यनजर गर्दै
बराह ग्रुपको बैठकले यस्तो निर्णय गरेको हो । अब देखी कोरोना सङ्क्रमण रहुन्जेल ग्राहकले अर्डर गरेका सबै सामानहरु बराह ग्रुपले घरमै पुर्याउने छ । यसका लागी बराहले हटलाइन सम्पर्क नम्बरहरुको ब्यबस्था गरेको छ।

आफ्ना ग्राहकहरु लाई दुखमा पनि साथ दिने ऊदेश्यले यस्तो सेवा सन्चालनमा ल्याइएको सन्चालक तथा धरान शाखा प्रमुख मानबहादुर दियालीले जानकारी दिए । ‘कोरोनाका कारण डिपार्टमेन्टल स्टोर भिडभाड हुनु हुँदैन भन्ने सरकारको निर्देशन जारी छ, ठीकै पनि हो, हाम्रो डिपार्टमेन्टल स्टोर भनेको भीडभाड हुने ठाउँ नै हो, तर के गरेर बाँच्ने भन्ने चिन्ता सबैमा छ, धराने जनताले नखाइ, नलगाइ साथै सामग्री खरिद नगरी हुँदैन, यही कुरालाई मध्यनजर गरेर बराहले घरघरै लैजाने निर्णय गरेको दियालिले बताए । बराह ग्रुप अन्तर्गतका सबै सेवा हरु साबिककै मुल्यमा होम डेलिभरीको सेवा दिने बराहले जनाएको छ ।
बराह बचत तथा ऋण सहकारी संस्थाका सेयर सदस्यहरुलाई धरान क्षेत्रभरी स्थानीय सरकार र प्रशासनको अर्को सूचना जारी नभएसम्म निक्षेप र भुक्तानी समेत घरघरमै पुगेर सेवा दिने बराह प्रशासनले जनाएको छ । साथै उसले हटलाइन सेवाका लागी सञ्चालनमा ल्याएका नम्बरमा सम्पर्क गरेर सामान अर्डर गर्न सकिने जनाइएको छ ।

हर्टलाइन सेवा तथा नम्बरहरु

बराह ज्वेलरी शोरुम ०२५५२६७७७, ९८५२०४७७७०,
बराह डिपार्टमेण्ट स्टोर ९८०२७५७८५८
भोजपुरे फेन्सी स्टोर ९८०२७३८४९०
बराह बालसञ्चार र किडस सैलुन ९८१६३०७६५५
बराह फेमिली किचन ०२५५२५३३७, ९८११०१७८२३
बराह ट्राभल एण्ड टुर्स ९८४२०२५०५५
बराह बचत तथा ऋण सहकारी संस्था ०२५५३१२२२, ९८०२७७६७५८

शनिबार, ०८ चैत, २०७६, रातीको ०८:५६ बजे

सम्बन्धित खवर