मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

भद्रपुर ८ बैशाख / निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि झापामा मुख्य निर्वाचन अधिकृतको कार्यालय विहीबार स्थापना गरेको छ ।

मुख्य निर्वाचन अधिकृत गिरिराज गौतमको कार्यालय शिक्षा विकास तथा समन्वय इकाई समितिको कार्यालयमा स्थापना गरिएको हो । उनले कार्यालयको स्थापनासँगै १४ वटै पालिकाका खटिएका निर्वाचत अधिकृतसँग समन्वय गरेर काम गर्ने बताए । यो कार्यालय मुख्य निर्वाचन अधिकृतसहित भद्रपुर नगरपालिकाको पनि हो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले आजदेखि सरकारले घोषणा गरेको आचारसंहिता पालना भए नभएको समेत सो कार्यालयबाटै हेरिने बताए । कार्यक्रममा निर्वाचन कार्यालय झापाका प्रमुख तुलसी नेपालले विहीबार नै जिल्लाका अन्य १४ पालिकामा पनि आजै निर्वाचन अधिकृतहरुको कार्यालय स्थापना गरिएको बताए ।

बिहिबार, ०८ बैशाख, २०७९, दिउँसोको ०४:२९ बजे

सम्बन्धित खवर