एमालेले महानगर र उपमहानगरको उम्मेदवार टुंग्याउनै सकेन, १ जनाका ठाउँमा ११ जनासम्मको दावी

  ८ वैशाख, काठमाडौं /   नेकपा एमाललाई महानगरपालिका र उपमहानगरपालिकाको उम्मेदवार तय गर्न सकस भएको छ । १ जनाका ठाउँमा ११ जनासम्मको नाम आएपछि मिलाउन कठिन भएकोले १० वैशाखसम्ममा टुंगो लगाउने पार्टीले जनाएको छ ।

बिहीबार अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको बैठकमा उम्मेदवारको आकांक्षीहरुको नाम प्रस्तुत भएको थियो । ती नाममाथि थप छलफल र अध्यन गरेर १० गते बस्ने बैठकले उम्मेदवार टुंगो लगाउने सचिव योगेश भट्टराईले सञ्चारकर्मीलाई बताए ।

बिहिबार, ०८ बैशाख, २०७९, साँझको ०६:२४ बजे

सम्बन्धित खवर