संक्रमणपछि निको हुनेको संख्या साढे छ लाख पुग्यो

दमक / कोरोना संक्रमण भएर उपचारपछि निको हुनेको संख्या छ लाख सच्चालिश हजार पुगेको छ ।पछिल्लो समय कोरोना संक्रमण पछि निको हुनेको संख्यामा वृद्धि भइरहेको छ । कोरोना भाइरस संक्रमणका कारण विश्वभरमा एक लाख ७० हजार भन्दा धेरै मानिसको मृत्यु हुँदा ६ लाख ४७ हजार बढि उपचारपछि निको भएका छन् ।

कोरोनाबारेको तथ्यांक राखिरहेको वल्र्डमिटर डट इन्फोको अनुसार अहिलेसम्म एक लाख ७० हजार २ सय ६१ जनाको मृत्यु भएको छ । २४ लाख ८१ हजार ५ सय बढि संक्रमित भएकोमा ६ लाख ४७ हजार ७४४ जना उपचारपछि ठिक भएका छन् ।

मङ्गलबार, ०९ बैशाख, २०७७, दिउँसोको १२:४३ बजे

सम्बन्धित खवर