उदयपुर कोरोनाको डेन्जर जोन हुने खतरा : फेरी आठ जनामा कोरोना संक्रमण पाइयाे

दमक / उदयपुर कोरोना संक्रमणको डेन्जर जोन बन्ने खतरा बढेको छ । केही दिन अगाडी भुल्के मस्जिदमा रहेका १२ भारतीय सहित एक नेपालीमा कोरोना संक्रमण भएको पुष्टि भएको उक्त क्षेत्र मा बसोबास गर्ने थप आठ परिवारका घरमुलीको स्वाब परीक्षणमा कोराना पोजेटिभ पाइएको छ । यो नतिजा सँगै भुल्के आसपास तथा गाइघाटवासी आतंकित बनेका छन ।
आठ जनामा पहिलो पीसीआर परीक्षणमा पोजेटिभ देखिएकाले पुन पुष्टिका लागि स्वाब थप परीक्षण भइरहेको मोरङ जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख तथा प्रदेश १ कोभिड सूचना केन्द्रका प्रमुख ज्ञानबहादुर बस्नेतले बताउनुभयो । थप पुष्टिका लागि स्वाबलाई धरानस्थित बीपीकोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको उहाँले बताउनुभयो ।
थप आशंकित त्यहाँका आठ घरका मुली भएको र उनीहरुका परिवारका अन्य सदस्यको स्वाब पनि नेपाली सेनाले हिजो संकलन गरी सकेको छ तर त्यसको नतिजा आउन बाँकी छ । पहिलो चरणको परीक्षणमा कोरोना पुष्टि भए पछि आठै जनालाई उपचारका लागि एम्बुलेन्सबाट धरान लगिएको उदयपुर जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

मङ्गलबार, ०९ बैशाख, २०७७, दिउँसोको ०३:१० बजे

सम्बन्धित खवर