राती १२ बजे देखी बिर्तामोड सिल

झापामा/  कोरोनाको संक्रमण बढेसँगै तत्कालीन मेची अञ्चलको ब्यपारिक केन्द्रको रूपमा परिचित बिर्तामोड नगरपालिका सिल भएको छ । आज राती १२ बजेबाट लागु हुनेगरी बिर्तामोडलाइ सिल गरिएको हो । झापामा कोरोना संक्रमितको संख्या बढीरहेको र भारत बाट आउने सब्जि र अन्य फलफूलका गाडीहरु नियन्त्रण गर्न समस्या भनेको साथै लकडाउनको उल्लंघन ज्यादै बढेका कारण अनिश्चित कालका लागी नगर सिल गरिएको नगरप्रमुख धुर्व सिवाकोटीले बताए ।

अन्य नगरपालिका हरु सँग सिमाना जोडीएका आठवटा वडाहरु पूर्णरूपमा आवत जावात बन्द गर्ने र त्यसका लागी भोलेन्टीयर्स खटाउने तयारी भैरहेको जनाइएको छ ।विकास निर्माण , खाद्यान्न , कृषिजन्य सामाग्री र औषधी बाहेकका गाडीलाई पूर्ण निषेध गरिएको नगर प्रमुख सिवाकोटीले बताए ।
यसै गरी अर्जुनधारा नगरपलिका पनि सिल गरिएको छ । आजराती १२ बजेबाट लागुहुने गरि अर्जुनधारा सिल गरिएको नगरपलिकाले जनाएको छ ।

बिहिबार, ०८ जेठ, २०७७, बिहानको ०९:१४ बजे

सम्बन्धित खवर