१४९ जनाको हस्ताक्षर सहित सितल निवास तर्फ बिपक्षी दल

बैकल्पिक खवर

विपक्षी गठबन्धनका नेताहरुले नयाँ सरकार गठनका लागि आवश्यक बहुमत जुटाएका छन्।बिपक्षी गठबन्धनका लागि १४९ जना साम्सदहरुको हस्ताक्षर जुटेको जनाइएको छ ।शुक्रबार कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको कांग्रेस, माओवादी केन्द्र, जसपा र एमालेको माधवकुमार नेपाल पक्षका शीर्ष नेताहरुको बैठकले नयाँ सरकार गठनका लागि उक्त हस्ताक्षर जुटाएको हो।

१४९ जना सांसद्को हस्ताक्षर जुटेको भएपनि कस्को नेतृत्वमा सरकार भन्ने चै टुंगो नलागेको नेताहरुले बताए । ‘१४९ जनाको हस्ताक्षर जुटेको प्रधानमन्त्रीमा कसलाई प्रस्तावित गर्ने भन्नेचाहिँ शीतल निवासमै पुगेर टुंगो लगाउने सहमती भएको कांग्रेस नेता गगन थापाले बताए।

उनका अनुसार माधव नेपाल पक्षका २७ जना सांसद्ले हस्ताक्षर गरेका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार २१ घण्टाको  समय दिएर शुक्रबार अपराह्न ५ बजेसम्मको समय दिएकी थिइन्।

 

शुक्रबार, ०७ जेठ, २०७८, दिउँसोको ०३:३७ बजे

सम्बन्धित खवर