प्रेस संगठन झापाले पायो पूर्णता, डी. कौडिन्य पुरस्कारलाई निरन्तरता दिने

बिर्तामोड ७ असार / 
प्रेस संगठन झापाले जिल्ला कार्य समितिलाई पूर्णता दिएको छ । संगठनका जिल्ला संयोजक झुलन रेग्मीको अध्यक्षतामा सोमवार बिर्तामोडमा बसेको पूर्ण बैठकले कमिटी विस्तार गरेको हो ।
बैैठकले संगठनको सह–संयोजकमा पार्थ मण्डल र सुस्मा कुमाललाई जिम्मेवारी दिएको छ । त्यस्तै कोषाध्यक्षमा पुष्प खड्का तथा सदस्यमा दिलिप थापा छन् । अन्य सदस्य पछि थप गरिने संगठनका सचिव उद्धव पुरीले जानकारी दिए ।
त्यस्तै वैठकले डी.कौडिन्य स्मृति पत्रकारिता पुरस्कारलाई निरन्तरता दिने निर्णय गरेको छ । पुरस्कार राशी बढाएर २१ हजार रुपैयाँ पुर्याइएको छ । उक्त पुरस्कार साउन ७ गते डी.कौडिन्य स्मृति दिवसका दिन एकजना पत्रकारलाई पुरस्कृत गरिने छ ।
वैठकले संगठनका केन्द्रीय सदस्य तथा नेपाल पत्रकार महासंघ प्रदेश १ का कोषाध्यक्ष विमल लामिछानेको संयोजकत्वमा पुरस्कार छनौट समिति निर्माण गरेको छ । समितिको सदस्यमा भुलन रेग्मी, डिकेश लामा, राजु पाठक र लीलाराज झापाली छन् ।
वैठकले संगठनको तर्फबाट पत्रकार महासंघ प्रदेश र जिल्ला समितिमा निर्वाचित पदाधिकारी तथा सदस्यलाई बधाईसहित सफल कार्यकालको शुभकामना समेत ब्यक्त गरेको थियो ।
वैठकपछि आयोजित पार्टी नेतृत्वसँगको छलफल कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा झापा सह–इन्चार्ज धर्मशिला चापागाईले श्रमजीवि बर्गको पक्षमा कलम चलाउन आग्रह गरिन् । कार्यक्रममा माओवादी केन्द्रका झापा सचिव मणिकुमार साङपाङले संगठनले प्रदेश र जिल्ला महासंघमा सत प्रतिशत विजयी हासिल गरेको भन्दै धन्यवाद ज्ञापन गर्नुभयो ।

सोमबार, ०७ असार, २०७८, साँझको ०५:३३ बजे

सम्बन्धित खवर