प्रदेश १ मा १०६ प्रकारका भाषा

   दमक/   प्रदेश १ मा जम्मा १०६ प्रकारका भाषा बोलिन्छन । यहाँ एक लाखभन्दा बढी जनाले बोल्ने १० वटा भाषाहरु छन् ।

भाषाविज्ञ तारामणी राईका अनुसार ४५ लाख ३४ हजार नौ सय ४३ जना बसोबास छन्, तारामणीका अनुसार संरक्षण अभावमा प्रदेश १ का अधिकांश स्थानहरुमा बोलिने भाषाको पुस्तान्तरण कमजोर बन्दै गइरहेको छ ।

प्रयोग क्षेत्रहरु खुम्चिदै गइरहेका छन् । यहाँ राजनैतिक दल र पहिचानवादी संगठनहरुले भाषालाई पहिचानको मुद्दाका रुपमा उठाएपनि सवलिकरणका लागि  पहलकदमी भने हुन सकेको छैन । यसैले मातृ भाषाको कार्यान्वयन चुनौती बन्दै गइरहेको छ ।

मङ्गलबार, ०७ असार, २०७९, बिहानको ११:५५ बजे

सम्बन्धित खवर