दमकमा कपडा पसलमा आगलागी ः पाँच करोड मूल्य बराबरको क्षति

दमक, असार ६
दमक को पशुहाट स्थित एक कपडा पसलमा गए राति आगलागी हँुदा करीब रु पाँच करोड मूल्य बराबरको क्षति भएको छ ।

दमक वडा नं ७ पशुहाटमा व्यवसायी कृष्ण ओली र विष्णु श्रेष्ठ द्धारा सञ्चालीत बि एण्ड बी सप्लायर्समा गए राति १२ बजेतिर अचानक आगलागी हुँदा रु पाँच करोड बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक खगेन्द्र एक्तेनले बताउनुभयो ।

विद्युत् चुहिएर पसलमा आगलागी भएको हुनसक्ने अनुमान गरिएको प्रहरीको भनाइ छ । आगलागीका कारण उक्त पसलमा रहेका कपडा, एसीसहित इलेक्ट्रोनिक्सका सम्पूर्ण सामान जलेर नष्ट भएको छ । आगलागी करीब एक घण्टापछि दमक नगरपालिकाको दमकल, प्रहरी र स्थानीयवासीको सहयोगमा नियन्त्रणमा लिइएको थियो । रासस

शुक्रबार, ०६ असार, २०७६, दिउँसोको ०३:५४ बजे

सम्बन्धित खवर