धार्मीक विधी अनुसार वडा कार्यालयको शिलान्यास

विराटनगर, ५ असार । विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली धर्मकर्ममा निकै आस्था राख्ने ब्यक्ति हुन् । प्रायः विराटनगरमा भईरहेका धार्मिक कार्यक्रमहरुमा मेयर पराजुली उपस्थित हुन रुचाउछन । तर विहीबार विहान भने उनी एउटा छुट्टै कार्यक्रमको सिलान्यासका लागि पुगेका थिए ।

बिराटनगर महानगरपालिकाको वडा नं ११ को वडा कार्यालय भवनको शिलान्यास गर्नु थियो । उनी त्यहीँ पुगेका हुन् । त्यहाँ पुग्ने बितिकै सिलान्यास गर्न खोजीएको वडा कार्यलयको भवनको मेयरले साइत हेरेर मात्र शिलन्यास गरे । पण्डितले पराजुलीलाई साढे १० बजेदेखि ११ बजे भित्रको समय उपयुक्त हुने बताएका थिए । मेयर पराजुलीले सोही साइतमा भवनको शिलन्यास गरेका हुन् ।पराजुलीले शिलन्यास गरेको भवन एक बर्षमा निर्माण सक्ने लक्ष्य राकिएको छ । महानगरपालिका–११ स्थित पिचरामा निर्माण हुने वडा कार्यालयको लागत ७२ लाख रुपैयाँको रहेको बिराटनगर महानगरपालिकाले जनाएको छ । भवनका लागि चालू आर्थिक वर्षमा ३० लाख र बाँकी अगामी आर्थिक वर्षमा जुटाइने महानगर प्रमुख पराजुलीले बताए ।

शुक्रबार, ०६ असार, २०७६, साँझको ०५:०९ बजे

सम्बन्धित खवर