एमालेले बनायो ‘आइटी आर्मी’

दमक ६ साउन/ सरकारबाट हालै बाहिरिएको नेकपा एमालेले ‘आइटी आर्मी’ नामक संगठन बनाएको छ ।

सामाजिक सञ्जाललाई लक्षित गर्दै एमालेले मंगलबार चन्द्रभुषण साहको संयोजकत्वमा १५१ सदस्यीय संगठन निर्माण गरेको हो ।

लामो समय माओवादीमा रहेर पछिल्लो समय नेकपा एमालेमा प्रवेश गरेका टोपबहादुर रायमाझी र प्रभु साहले ‘आइटी आर्मी’ गठनको औचित्य प्रस्ट्याउने क्रममा न्यायालयको भूमिकाप्रति असन्तुष्टि जनाएका थिए ।

एमालेले बनाएको ‘आइटी आर्मी’को काम के हुने भन्ने विषयमा भने खुलाइएको छैन । पार्टीका एक नेताले यसको मुख्य काम पार्टीको भौतिक सुरक्षा रहने बताएका छन् ।

बुधबार, ०६ साउन, २०७८, बिहानको ०८:१९ बजे

सम्बन्धित खवर